SHARE
अन्नपूर्ण · मङगलबार २७ असो २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

साझा मुद्दामा मुख्यमन्त्रीहरूको मोर्चाबन्दी, प्रधानमन्त्रीसँग सामूहिक संवादको तयारी

विराटनगर : संविधानले दिएको अधिकार कार्यान्वयन नभएको र संघीय सरकारले आवश्यक कानुन तथा स्रोतसाधन उपलब्ध नगराएको भन्दै प्रदेशका मुख्यमन्त्रीहरू साझा दबाब सिर्जना गर्ने तयारीमा जुटेका छन्। प्रदेश सरकारका समस्या छुट्टाछुट्टै उठाउँदा सुनुवाइ नभएको निष्कर्षसहित सातै प्रदेशका मुख्यमन्त्रीहरूले मोर्चाबन्दी गरेका हुन्। उनीहरु साझा एजेन्डा बनाएर प्रधानमन्त्रीसँग सामूहिक छलफल गर्ने तयारीमा छन्।