अर्घाखाँचीलाई बालमैत्री जिल्ला बनाउने साझा प्रतिबद्धता, ५१ सूचक पूरा गर्ने लक्ष्य
अर्घाखाँची : अर्घाखाँची जिल्लालाई बालमैत्री जिल्ला बनाउने उद्देश्यसहित जिल्लाका स्थानीय तहहरूले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्। बालबालिकाको हक, अधिकार, संरक्षण, विकास र सहभागिता सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासनका निर्धारित ५१ वटा सूचक पूरा गर्ने लक्ष्यका साथ स्थानीय तह तथा सरोकारवाला निकायहरूले साझा प्रतिबद्धता जनाएका हुन्।
