भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी गरिएको जनाएको छ। मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीमा बेपत्ता भएकाको सन्दर्भमा ‘मृत्यु’ वा ‘मृत्युसरह’ मान्ने गरी ऐनमा संशोधन भइसकेको जानकारी दिए।
