SHARE
अन्नपूर्ण · मङगलबार २७ असो २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

मृत भेटिएका आमा–छोराको पहिचान खुल्यो, श्रीमान् प्रहरीको नियन्त्रणमा

दोलखा : दोलखाको तामाकोशी नदी किनारमा मृत अवस्थामा फेला परेका आमा–छोराको पहिचान खुलेको छ। काठमाडौंको गौशालास्थित एक होटलबाट गत असोज २३ गते बेपत्ता भएका दोलखाको मेलुङ गाउँपालिका–१ पवटीकी आस्मा बस्नेत खड्का र उनका १० वर्षीय छोरा आदित्य खड्का मृत अवस्थामा फेला परेका हुन्।भीमेश्वर नगरपालिका–५ स्थित भागेखोलानजिक तामाकोशी नदी किनारमा मंगलबार बिहान रुखको जरामा अड्किएको अवस्थामा उनीहरूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।