SHARE
अन्नपूर्ण · मङगलबार २७ असो २०८३ ११:०० PM · 1 मिनेट पढाइ

गृहमन्त्री सुधन गुरूङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं : बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन सोमबार भारत गएका गृहमन्त्री सुधन गुरुङ र  भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता भएको छ। भारतीय गृहमन्त्री शाहले भेटबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्। भेटले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ बनाउने र द्विपक्षीय सहयोगलाई गहिरो बनाउने प्रतिबद्धतालाई पुष्टि गरेको उनले उल्लेख गरेका छन्। ‘नेपालका गृहमन्त्री सुधन गुरुङसँग भेटघाट गर्न पाउँदा खुसी लाग्यो।