वेस्टमिन्स्टर बास्केटबल टुर्नामेन्टको उपाधि हाउण्ड्स एकेडेमीलाई
१० भदौ, काठमाडौं । द वेस्टमिन्स्टर कलेज (टीडब्लुसी)ले आयोजना गरेको बास्केटबल टुर्नामेन्टको उपाधि हाउण्ड्स एकेडेमीले जितेको छ । टीडब्लुसीको “विक अफ वेलकम” कार्यक्रमअन्तर्गत सोमबार कुपण्डोलस्थित कलेज परिसरमा सम्पन्न फाइनल खेलमा हाउण्ड्सले हेराल्ड कलेजलाई पराजित गर्दै उपाधि आफ्नो बनाएको हो । यस प्रतियोगितामा ४२ कलेज तथा एकेडेमीले सहभागिताको लागि दर्ता गरेका थिए ।
