एननेट (पर्पल) ले काठमाडौँ सहित नेपालका प्रमुख शहरहरूमा एफटीटीआर र आईपीभी६ प्रविधि सहित इन्टरनेट तथा आईपीटिभी सेवा सुरु
११ भदौ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (#एनटीए) बाट अनुमति प्राप्त इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी एननेट (पर्पल) ले राजधानी काठमाडौँसहित नेपालभर इन्टरनेट र आईपीटिभी सेवा सुरु गरेको छ। कम्पनीले आफ्ना खुद्रा तथा संस्थागत ग्राहकलाई लक्षित गरी अत्याधुनिक फाइबर-टु-द-रुम (FTTR) प्रविधि तथा नयाँ पुस्ताको आईपीभी६ (IPv6) प्रविधिबाट सेवा सुरु गरेको जनाएको छ।
