जलाशययुक्त जलविद्युत आयोजना प्राथमिकतामा राख्नुपर्छ : वर्षमान पुन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालमा नीतिगत निरन्तरताको उदाहरण जलविद्युत क्षेत्रलाई लिन सकिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा २० वर्षदेखि एउटै नीति रहेको बताए । उनले जसको परिणाम आज नेपाल लोडसेडिङ मुक्त भएको बताए ।
