SHARE
लोक पथ · बुधबार ११ भौ २०८२ १०:०५ AM · 1 मिनेट पढाइ

काठमाडौं महानगरविरूद्ध कवाडी व्यवसायी आज पनि आन्दोलित

काठमाडौं । कवाडी व्यवसायीहरुले काठमाडौं महानगरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।   कवाडी व्यवसायी संघर्ष समिति नेपालको आह्वानमा कवाडी व्यवसायीहरुले बुधबार पनि विरोध जनाएका हुन् ।  भृकुटीमण्डपमा भेला भएका व्यवसायीहरु जुलुससहित कमलादीस्थित काठमाडौं महानगरपालिका कार्यालय घेराउमा गएका हुन् ।