राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने सर्वसम्मत निर्वाचित
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । समितिको बुधबारको बैठकमा नेपाली कांग्रेसकी सांसद न्यौपाने सभापतिमा निर्विरोध भएको घोषणा गरिएको हो । बैठकको सञ्चालन समितिका ज्येष्ठ सदस्य सभापति सर्वेन्द्रनाथ शुक्लालले गरेका थिए । शुक्लाले नै समिति सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
