तीजको मौकामा जुवातास : २ लाख २१ हजार रकमसहित खालबाट ९ जना पक्राउ
काठमाडौं । भदौ १० गते तीजको अवसरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । मंगलबार कामनपा–१५ अन्नपूर्ण चोक नजिकै जुवातास खेलाइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
