रुबी साहको हत्यामा संलग्न लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु
काठमाडौं । रौतहटकी रुबी साहको हत्यामा संलग्न रहेका लक्ष्मण पासवानको पनि मृत्यु भएको छ । शनिबार रुबीको हत्यापछि फरार पासवानले बुधबार आफैँ आत्मदाहको प्रयास गरेका थिए । उनलाई रौतहटबाट काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
