दिउँसो पक्राउ परेका एमाले केन्द्रीय सदस्य ऐन महर साँझ छुटे
काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या र गाली बेइज्जती कसुरमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् । महरलाई पीडितको उजुरीका आधारमा साइबर ब्यूरोले आजै पक्राउ गरेको थियो । उनीसँग बयान लिने काम सकिएपछि आजै छाडिएको ब्यूरोले जनाएको छ ।
