SHARE
लोक पथ · बुधबार ११ भौ २०८२ ०१:५१ PM · 1 मिनेट पढाइ

भारत–चीन सहमतिबारे सञ्चारमन्त्री गुरुङ : ‘अब सी जिनपिङलाई पनि प्रश्न गर्छौँ’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भारत–चीनबिच भएको कालापानी, लिपुलेक र लिम्पियाधुरामार्फत द्विपक्षीय व्यापार सहमतिबारे भारतलाई मात्र नभई चीनलाई समेत प्रश्न गर्नुपर्ने बताएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताएका हुन् ।