दोस्रो विश्वयुद्धमा मारिएका मजदुरहरूको जापानी स्थलमा फेला परेका हड्डीहरू मानव अवशेष भएको पुष्टि
काठमाडौं । जापानको युद्धकालीन खानीमा फेला परेका हड्डीहरू मानव अवशेष रहेको बताइएको छ । साथै, ती अवशेषहरू खोज्न मद्दत गर्ने एक जापानी समूहले ती अवशेष सन् १९४२ मा एक दुर्घटनामा मृत्यु भएका करिब एक सय ८० जना श्रम गर्न बाध्य पारिएका प्रायः कोरियाली मजदुरको भएको जनाएको छ ।
