SHARE
पर्दाफास · बुधबार ११ भौ २०८२ ०१:१४ PM · 1 मिनेट पढाइ

हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर

सामाजिक सञ्जालबाट चरित्रहत्या र गाली बेइज्जती कसुरमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा पक्राउ परेका उनलाई हाजिरी जमानीमा छाडिएको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । विद्युतीय अपराधको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत, काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुरोध गरेको थियो ।