रास्वपा केन्द्रीय सदस्य पाँडे पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडे पक्राउ परेका छन् । एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । महिलाले उजुरी दिएपछि पक्राउ गरिएको साइबर ब्युरोका एक अधिकारीले जानकारी दिएका छन् ।
