SHARE
अन्नपूर्ण · सोमबार ९ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

तिजमा पशुपतिका चारै ढोका खुला हुने, पूजाका लागि यसरी मिलाइएको छ व्यवस्था

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले भदौ १० गते मंगलबार मनाइने हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको जनाएको छ। पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरूका लागि सबै तयारी पूरा भएको जानकारी गराएको हो।