SHARE
अन्नपूर्ण · सोमबार ९ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

आदिलको ‘नयाँ इनिङ्स’

सिमरा : 'स्पट फिस्किङ'को आरोप लागेको ३१ महिनापछि अलराउण्डर क्रिकेटर महमद आदिल आलम (आदिल अन्सारी) राष्ट्रिय टोलीमा फर्किँदैछन् । भारतको गुवाहटीमा आसाम राज्यविरुद्ध हुने टी-२० सिरिजमा नेपाल ‘ए’को टोलीबाट आदिलको पुनरागमन हुन लागेको हो।नेपाल क्रिकेट एसोशिएसन (क्यान)ले घोषणा गरेको १६ सदस्यीय टोलीमा बारा सिम्रौनगढ घर भएका आलम पनि समेटिएका छन्। आलमले दुई वर्ष सात महिनापछि नेपाल ‘ए’मार्फत राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।