६ सय ७२ घर परिवारको स्वास्थ्य बिमा
नुवाकोट : सामुदायिक उत्तरदायित्त्व वहन कार्यक्रम अन्तर्गत नुवाकोटको विदुर नगरपालिकाले लक्षित वर्गका ६ सय धेरै घरपरिवारको स्वास्थ्य बिमा गरिदिएको छ। विदुर नगरपालिकामार्फत नगर भित्रका विपन्न, दलित, सीमान्तकृत तथा आर्थिक रूपले समस्यामा परेका नागरिकहरूका लागि सञ्चालित ‘अति विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत बिमा कार्यक्रम सुरु गरिएको हो।
