गोविन्दाविरुद्ध पत्नी सुनिता आहुजा अदालत पुगिन्
काठमाडौं : बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाको ३८ वर्ष पुरानो वैवाहिक सम्बन्ध संकटमा परेको छ। उनीहरूबीच सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा अहिले मुम्बईको परिवार अदालत (फ्यामिली कोर्ट) मा पुगेको छ।यस मुद्दाको पहिलो सुनुवाइ गत बिहीबार मुम्बईको परिवार अदालतमा सुरु भएको हो। सम्बन्ध विच्छेदसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा सुनिता आहुजालाई अदालतमा देखिएको थियो।सुनुवाइका बेला गोविन्दा भने व्यक्तिगतरूपमा उपस्थित थिएनन्, तर भिडियो कन्फरेन्समार्फत सहभागी भएका थिए।
