ब्रिटिस कलेजले ‘ छैटौं ब्रिटिस कप’ इन्टर कलेज फुटसल प्रतियोगिता गर्दै
६ भदौ, काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले ‘ छैटौं ब्रिटिस कप- २०२५ इन्टर कलेज फुटसल टुर्नामेन्ट’को आयोजना गर्ने भएको छ। यस प्रतियोगितामा पहिलो पटक दुई अलग-अलग डिभिजन समावेश गरिएको छ। यही अगस्ट २५ देखि २९ सम्म बालुवाटारस्थित धुकु फुटसल ग्राउन्डमा प्रतियोगिताको आयोजना हुने भएको हो।
