नाडा अटो शो २०२५: पाँच दिनमै १,४९,८८१ दर्शक, नेपालको अटो उद्योगमा नयाँ कीर्तिमान
६ भदौ, काठमाडौं । नाडा अटो शो २०२५ यसपटक ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपालको अटोमोबाइल क्षेत्रमा एउटा नयाँ मानक स्थापित गरेको छ। यो वर्ष, पाँच दिनको छोटो अवधिमै १,४९,८८१ दर्शकले प्रदर्शनीको अवलोकन गरेका छन्, जसले नेपालमा अटोमोबाइल प्रविधि र भविष्य–उन्मुख मोबिलिटी समाधानहरूप्रति आम जनताको बढ्दो चासो र उत्साहलाई प्रष्ट पारेको छ।
