सिद्धार्थ बैंकका ग्राहकलाई माया मनोर बुटिक होटेलमा २०% सम्म छुट
८ भदौ, काठमाडौं । सिद्धार्थ बैंक र माया मनोर बुटिक होटेल प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदानगर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार हात्तीसार, काठमाडौंस्थित माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानीगर्दा २० प्रतिसतसम्मको छुट प्राप्त गर्न सकिनेछ ।
