राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व लक्षित विशेष कर्जा अफर
८ भदौ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित विशेष कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले घर कर्जा र सवारी साधन खरिदका लागि आकर्षक ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने घोषणा गरेको हो। बैंकका सूचना अधिकारी पवन रेग्मीका अनुसार, घर कर्जा २० वर्ष अवधिका लागि ६.३० प्रतिशत ब्याजदरमा अधिकतम ५ करोड रुपैयाँसम्म उपलब्ध हुनेछ।
