नेपाल–भियतनाम व्यापार र लगानी अभिवृद्धिबारे नेपाल चेम्बर अफ कमर्स र भियतनामकी उपराष्ट्रपतिबीच छलफल
८ भदौ, काठमाडौं । नेपाल र भियतनामबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सले भियतनामकी महामहिम उपराष्ट्रपति भो थी आन्ह जुआनसमक्ष द्विपक्षीय लगानी र व्यापार अभिवृद्धिबारे छलफल गरेको छ। काठमाडौंमा आयोजित सो छलफलमा दुई देशबीच निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विषयमा महत्वपूर्ण छलफल भएको हो।
