सुनिल पौडेललाई १ लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेलसँग १ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो । पौडेलमाथि केन्द्रमा कार्यरत रहँदा पौने १६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।
