SHARE
लोक पथ · आइबार​ ८ भौ २०८२ ११:३० AM · 1 मिनेट पढाइ

नेताहरुमाथि प्रचण्डको शंका– ‘समाजवादी हुनुपर्नेमा बिचौलिया र दलाल जस्ता भए’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीकानेताहरुमाथि नै शंका गरेका छन् । प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै नेताहरु बिचौलिया टाइपका, दलाल टाइप बनेका कारण पार्टी कमजोर बनेको टिप्पणी गरे । उनले पार्टीका नेताहरु समाजवादी बन्नुपर्नेमा त्यस्तो नभएको भन्दै कटाक्ष गरे ।