परराष्ट्रमन्त्री राणाले विपिनकी आमा र बहिनीलाई दिइन् यस्तो आश्वासन
काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा परेका नेपाली युवा विपिन जोशीको परिवारले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेको छ । विपिनकी बहिनी र आमाले आइतबार दिउँसो आमा र बहिनीले राणालाई भेटेका हुन् । परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा लेख्दै विपिनको रिहाइका लागि थप पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।
