यही सरकारले संविधान संशोधनको प्रस्ताव छिट्टै संसदमा लैजान्छ : योगेश भट्टराई
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसदमा ल्याउने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताए ।
