SHARE
लोक पथ · आइबार​ ८ भौ २०८२ ०२:२० PM · 1 मिनेट पढाइ

वीरगञ्जमा हैजा सङ्क्रमण : खानेपानीमन्त्रीले गराए स्वास्थ्यमन्त्रीको ध्यानकर्षण

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलबीच वीरगञ्जमा देखिएको हैजा सङ्क्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ । मन्त्री यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्री पौडेलसँग भेट गरी वीरगञ्जमा देखिएको हैजा सङ्क्रमणका सम्बन्धमा छलफल गरेको खानेपानी मन्त्रालयका सहसचिव कमलराज श्रेष्ठले बताए ।