SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०४:२३ PM · 1 मिनेट पढाइ

विदेशी सम्बन्धनका कलेजका लागि नयाँ नियमावली २०८३ स्वीकृत

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त नियमावली आज बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।