SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

विपद्पछिको उद्धार छाडेर काभ्रेको नयाँ रणनीति: जोखिम पहिचान र पूर्वतयारीमै जोड

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा मात्रै सीमित हुने पुरानो शैली बदलेर जोखिम पहिचान, पूर्वसूचना र पूर्वतयारीलाई प्राथमिकता दिन थालेको छ । पछिल्ला तीन आर्थिक वर्षमा १४ हजारभन्दा बढी विपद्का घटना व्यहोरिसकेको काभ्रेले अब भने क्षति न्यूनीकरणका लागि रणनीति नै बदलेको अधिकारीहरूले बताएका छन् ।