SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ १२:५० PM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि एनआरएनए उपाध्यक्ष गैरेद्वारा पाँच लाख सहयोग

पोर्चुगल । गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का उपाध्यक्ष तिलकप्रसाद गैरेले बाढीपीडितका लागि रु पाँच लाख आर्थिक सहयोग गरेका छन् । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन् ।