गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस
जनकपुर । गुठीको नाममा जनकपुरधामका स्थानीयलाई उठीबास लगाउन खोजिएको भन्दै प्रदर्शनकारीहरूले जनकपुरधाममा मसाल जुलुस निकालेका छन् । प्रदर्शनकारी सन्तोषकुमार साहले गुठी र सरकारको विरोधमा आन्दोलन शुरु गरिएको बताए । नेपालको संविधानले भूमिहीन तथा आर्थिक रूपमा विपन्न नागरिकको व्यवस्थापन गर्ने जिम्मेवारी राज्यलाई दिएको उल्लेख गर्दै उनले जनकपुरमा गुठीको आडमा स्थानीयको घरजग्गा हटाउन खोजिएको आरोप लगाए ।
