SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

सरकार गिराउन होइन, अत्याचार रोक्न मोर्चा: प्रभु साह

जनकपुर । सरकारका गलत निर्णय, भ्रष्टाचार र महँगीविरुद्ध संघर्ष गर्न नयाँ अग्रगामी राजनीतिक मोर्चा गठन गरिएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए । जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष साहले देशको राजनीति गलत दिशातर्फ मोडिएकाले सही बाटोमा ल्याउन नयाँ शक्तिको आवश्यकता परेको उल्लिखित गरे।