SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०४:३३ PM · 1 मिनेट पढाइ

खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले किसानले उत्पादन गरेको खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । यस सम्बन्धमा किसानबाट व्यापारी तथा बजारसम्मको आपूर्ति शृङ्खला, खरिद मूल्य तथा उत्पादकले पाउने वास्तविक प्रतिफलका विषयमा तथ्याङ्क संकलन तथा अध्ययनको प्रक्रिया अघि बढाइएको छ।