ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख राहत
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रण गर्न अनुगमन सुरू गरिएको छ । कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि प्रयास भइरहेको छ । गत असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणमा परी आमा–छोराको ज्यान गएको थियो ।
