SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

विद्युतीय मोटरबाट करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौँ । मोरङ, विराटनगर महानगरपालिका–५ कोचाखाल बस्ने २० वर्षीया संजु सहनीको करेन्ट लागेर बुधवार बिहान मृत्यु भएको छ । कटहरी गाउँपालिका–४ नयाँबजारस्थित माइतीघरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै सिराहा, बरियारपट्टि गाउँपालिका–२ बरियारपट्टी बस्ने ४५ वर्षीय देव यादवको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।