मौद्रिक नीति : महँगीदर ५.५ प्रतिशतमा सीमित गर्ने प्रक्षेपण
काठमाडौं : नेपाल राष्ट्र बैंकले मुद्रास्फीति (महँगीदर) लाई ५.५ प्रतिशतभित्र सीमित गर्ने प्रक्षेपणसहितको मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुद्रास्फीतिलाई ५.५ प्रतिशतको सीमाभित्र राख्ने र समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यका साथ मौद्रिक नीति ल्याइएको जानकारी दिए ।
