१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रधानमन्त्रीले उद्घाटन गर्ने
दैलेख : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री आउने जानकारी दिएका हुन्।‘प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री आउनुहुन्छ’ मन्त्री पोखरेलले भने, ‘उद्घाटनको समय भने १४ गतेपछि मात्रै थाहा हुन्छ ।