SHARE
अन्नपूर्ण · शनिबार १३ मंिर २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

हामीलाई कांग्रेसको झण्डा र चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. प्रकाशशरण महत

काठमाडौं : नेपाली कांग्रेस देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले आफूहरूलाई कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका छन्।शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक हुने जिकिर गरे। विगतमा न्याय निरूपण प्रक्रियामा त्रुटि भएकाले पुनरावलोकनका क्रममा आफूहरूले न्याय पाउने उनको भनाइ छ।