SHARE
अन्नपूर्ण · शनिबार १३ मंिर २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

जेन्जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ एक वर्षपछि पक्राउ

काठमाडौं : चोरी मुद्दाको अनुसन्धानका क्रममा हिरासतबाट जेन्जी आन्दोलनमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ घर भएका २७ वर्षीय उमेश भन्ने रघु तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।प्रहरीका अनुसार तामाङलाई काठमाडौंको बौद्धस्थित माकलबारी बस पार्क क्षेत्रबाट शुक्रबार साँझ ५:३० बजे नियन्त्रणमा लिइएको हो।