अन्नपूर्ण पोस्ट्का कार्टुनिस्ट बासु क्षितिजलाई पितृ शोक
काठमाडौं : अन्नपूर्ण पोस्ट्का कार्टुनिस्ट बासु क्षितिजलाई पितृ शोक परेको छ। कार्टुनिस्ट क्लबका अध्यक्षसमेत रहेका क्षितिजका पिता विष्णुबहादुर श्रेष्ठको आज बिहान ६ बजे निधन भएको हो।काठमाडौंको वीर अस्पतालमा निमोनियाको उपचार गराइरहेका श्रेष्ठको सोही क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। क्षितिजका माताको गत वर्षको मंसिरमा निधन भएको थियो। स्वर्गीय श्रेष्ठका बासुसहित दुई छोरा र एक छोरी छन् ।