SHARE
अन्नपूर्ण · शनिबार १३ मंिर २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

तर्साउने,धम्क्यायो भनेर कांग्रेस डराए देशको लोकतन्त्र समाप्त हुन्छ : महामन्त्री पौडेल

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको बताएका छन्।शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री पौडेलले नागरिकको स्वतन्त्रता र लोकतन्त्र जोगाउन कांग्रेस लागेको भन्दै प्रश्न गर्न वा बोल्न नछोड्ने बताएका हुन्। उनले तर्साउने, धम्क्याउने वा लाञ्छित गर्ने प्रयासले आफू नडराउने र कांग्रेस डराए देशको लोकतन्त्र समाप्त हुने उल्लेख गरे।