SHARE
अन्नपूर्ण · शनिबार १३ मंिर २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

सार्क जोड्ने अक्षर सेतु

धूलो, धुवाँ र प्रदूषणले ढाकिएको महानगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्न सार्क साहित्य सम्मेलनले महत्वपूर्ण भूमिका खेलिरहेको छ। ‘दिल्ली दूर है’ भन्ने पुरानो भाष्य अहिले गलत साबित भइसकेको छ। काठमाडौंबाट हवाई मार्गमा मात्र दुई घण्टाको दूरीमा भारतको राजधानी दिल्ली अवस्थित छ, यद्यपि विमानस्थलको प्रक्रिया र आवागमनले दिनभरिको समय लिँदो रहेछ।दिल्लीसँग मेरो साइनो दशकौं पुरानो छ। पहिलोपटक २४ अक्टोबर १९७१ अर्थात् संयुक्त राष्ट्रसंघ दिवसका दिन दिल्ली पुगेको थिएँ।