सरकारले मुलुकको उपलब्धि र जनताको अधिकारमाथि प्रहार गरिरहेको छ : प्रचण्ड
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले मुलुकको उपलब्धि र जनताको अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाएका छन्।नेकपा उपत्यका प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले नयाँ बनेको भनिएको सरकारले विगतका आन्दोलन र बलिदानबाट प्राप्त समावेशिता र प्रतिनिधित्वका अधिकारमा प्रहार गरिरहेको आरोप लगाएका हुन् ।