कार्यशैली सच्याउन माग गर्दै सरकारको ध्यानाकर्षण गराउने कांग्रेसको निर्णय
काठमाडौं : नेपाली कांग्रेसले संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन माग गर्दै सरकारको ध्यानाकर्षण गराउने भएको छ। केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकारमा कांग्रेसले सरकारलाई आफ्ना गलत निर्णय र कार्यशैली सच्याउन, संवैधानिक मर्यादामा फर्कन र विधिको शासन सुनिश्चित गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको जनाएको हो।