हो, म बिग्रेकी आइमाई, मेरो होइन तिम्रो नजरमा
हो म बिग्रेकी आइमाई, मेरो होइन तिम्रो नजरमा,किनकी मैले तिम्रा झुटको पर्दाफास गरेँ, उभिएर सत्यको संघारमा।भित्र एउटा, बाहिर अर्को देखाउने, तिम्रा ती अनेक रूप सबैलाइ चिनाएँ,तिम्रा छद्मभेषी नकाबहरू च्याती, सबैसामु उदाङ्गो पारिदिएँ।तिम्रा अन्याय सहुन्जेल थिएँ म असल र संस्कारी,तिम्रा झुटमा मौन बस्दा थिएँ म सबैकी प्यारी।आज आफ्नै लागि बोल्दा, भएँ म घमण्डी अनि अहंकारी,तिम्रा विचित्र चरित्रको पर्दाफास गर्दा, नै हो म बने बिग्रेकी नारी!हो म, बिग्रेकी आइमाई, फगत तिम्रो नजरमा ।