SHARE
अन्नपूर्ण · मङगलबार २३ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

सीमा विवाद हल गर्न संयन्त्रले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक तवरबाट समाधान खोज्ने प्रयास भइरहेको जानकारी दिएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री खनालले नेपाल र भारत छिमेकी देश भएकाले सीमा विवादहरू छन् भन्ने कुरामा कुनै दुविधा नरहेको भन्दै सीमा विवाद अन्त्यका लागि कूटनीतिक तवरबाट समाधान खोज्ने प्रयास भइरहेको बताएका हुन् ।